सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उप-महानगरपालिकाभित्रा अहिलेसम्म करिब सात हजार जनालाई घरमै पुगेर राहत पुरयाईयो–पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राई

नेपालगन्ज, पुर्व शहरी बिकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले लकडाउन शुरु भएयता हालसम्म आफूले व्यक्तिगत रुपमा नेपालगन्ज लगायत बाँके क्षेत्र नम्बर २ र सो वरिपरि गरेर सात हजार परिवारलाई उनिहरुको घरमै राहात पुरयाएको बताउनु भएको छ ।


कसैले पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ लकडाउनको शुरु देखी नै आफ्नो व्यक्तिगत तर्फबाट राहत वितरण शुरु गरिएको जनाउँदै उहाँले लकडाउनको एक महिनाको अवधीमा खाद्यान्न नभएर समस्यामा परेका सबैलाई विना कुनै भेदभााव सामाजिक दुरी कायम राख्दै घरघरमै पुगेर खाद्यान्न पुरयाईएको बताउनु भयो ।


नेपालगन्ज उपमहानगरले एकद्धारबाट राहात वितरण गर्ने निर्णय गरेको पनि चार दिन वितिसक्दा समेत अहिलेसम्म कसैलाई राहात नदिईएकोले अझै पनि खाद्यान्न नभएका सयौंले आफूसंग खाद्यान्नका लागि अनुरोध गरिरहेको पुर्व शहरी बिकास मन्त्री राईले बताउनु भयो ।


नेपालगन्जमा आफ्नो व्यक्तिगत लगानीमा खाद्यान्न वितरण गरिरहेकाहरुलाई रोकेर आफूपनि राहात वितरण नगरेपछि अहिले आएर स्थानीय सरकारप्रति जनआक्रोश बढ्दै गएको छ ।


पुर्व शहरी बिकास मन्त्री राईले सामाजिक संजाल मार्फत हेल्प नम्बर र व्यक्तिहरूको नम्बर सार्वजनिक गरेर राहात पुरयाउन शुरु गरेपछि फोन, फ़ेसबुक मेसेज र कमेंट्सवाट खाद्यान्न नभएर भोकै बस्न बाध्य भएका, भाडामा बस्ने, विद्यार्थि र बाहिरी जिल्लाका गरि प्रत्येक दिन ६० देखि ७० जनाले राहातका लागि सम्पर्क गर्ने गरेको र पार्टीको संयत्रवाट करिब २०० जना गरि गुणस्तरीय खाद्यान्न बाड्दै आएको जनाउनु भएको छ ।

सो कार्यमा पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन रानामगर लगायत १०० भन्दा बढी पार्टीका कार्यकर्ताहरू, शुभचिन्तक, इष्ट मित्र संगै मिडीयाकर्मीहरूको सहयोग रहेको र सबैले आ आफ्नो तर्फवाट छरछिमेक, गाँउ र टोललाई सहयोग गरिरहेको उहाँको भनार्ई छ ।


नेपालगन्ज उपमहानगरपालिकाले एकद्धार प्रणालीबाट राहात वितरण गर्ने निर्णय गरेर मात्र आफ्नो दायीत्व पुरा भएको ठानेको जनाउँदै सांसद राईले सो निर्णय कार्यान्वयन नगरिएकोले अझैपनि धेरै जनताले राहातका लागि सम्पर्क गरिरहेको बताउनु भयो ।


भोकै बसेका जनताको आवाज हामीसम्म निरन्तर पुगीरहेको र स्थानीय सरकारले कुनै चासो नदेखाएकोले हामी राहत वितरणलाई निरन्तरता दिन बाध्य छौं, पुर्वमन्त्री राईले भन्नुभयो ।
यसैविच समाजवादी पार्टीका नगर अध्यक्ष श्रवण यादवले पनि नेपालगन्ज उपमहानगरपालिकले राजनीतिक, पुर्बग्राह, आफन्तबाद जस्तो कुविचारबाट ग्रसित भएर केही वडाहरुमा राहत बितरण गर्ने काम गरेको जनाउँदै उपमहानगरपालिकाले एकद्धार प्रणालीबाट राहात वितरण गर्ने निर्णय कार्यान्वयन नगरेकोमा जनताको आक्रोश बढ्दै गएउको बताउनु भएको छ ।


बाहिरी जिल्लाबाट आएका गरिब, गैरपहुचवाला ,बिद्यार्थी, मजदुर, नागरिकता प्राप्त नगरेका नेपालीहरु तथा गैर नेपालीहरु नागरपालिकाले दिने राहतमा नअटाएको जनाउँदै यादवले सो कार्य मानवता बिरोधी रहेको र केही जनप्रतिनिधिहरुले कार्यकर्ताहरुको हनुमन्ते भक्ती मात्र गरेको कुरा छर्लंग भएको बताउनु भएको छ ।


शनिवार पनि वडा न १३ मा ५० जनालाई पुर्व शहरी बिकास मन्त्री राईद्धारा उपलब्ध गराईएको राहत बितरण गरिएको उहाँले जनाउनु भएको छ ।


उहाँले भन्नुभयो, आदरणीय जनप्रतिनिधिज्युहरु, नगर प्रमुख, उपप्रमुख ज्यु एकद्वार प्रणालीलाई प्रभावकारी रुपमा लागू गरौ, गरेको निर्णय कार्यवयन गरौ, सर्बदलिय सम्यन्त्र तत्काल गठन गरौ । अन्य बिकाशका बजेटको कटोती गरेर भए पनि राहतलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिंदै नगर अध्यक्ष यादवले बाचियो भने बिकास गरौला भन्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »