सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कञ्चनपुरमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा २४ सै घण्टा पहरा

पहिलाद राना
कञ्चनपुर, चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरस(कोडिभ–१९)को विश्वभरी संक्रमण बढिरहेको छ । दक्षिण एसियाका नेपाल–भारतमा पनि कोरोना भाईरसको संक्रमण फैलिएको छ, थप संक्रमण फैलिन नदिन दुवै देशले लकडाउन गरिएको छ ।

लकडाउन प्रभावकारी बनाउन र भारतबाट कसैलाई पनि भित्रिन नदिन कञ्चनपुरमा सशस्त्र प्रहरीले २४ सै घण्टा पहरा दिएको छ । भारतसंग कुल १२९ं।५ किलोमिटर दुरीमा रहेको सीमा क्षेत्रमा थप १० अस्थायी पोष्ट स्थापना गरेर सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई २४ सै घण्टा पहरा मात्रै दिएको क्षेत्र सीमा क्षेत्रमा गस्तीदेखि जोखिम मोलेर नियमित डिउुटी गरिरहेको छ ।

थप २२० जनशक्ति परिचालन गरेर सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्र सिल गरेर सीमावर्ती गाउँ तथा कञ्चनपुर प्रवेसद्वार कृष्णपुर नगरपालिका ५ गुलरिया९गजरौला०मा सशस्त्र प्रहरीले स्थायी पोष्ट स्थापना गरेको छ । त्यहाँ हुने अबाञ्चित गतिबिधीदेखि कञ्चनपुर प्रवेस गर्नेको विस्तृत ट्रभलिङ्ग रेकर्ड र स्वास्थ्य परीक्षण गरिरहेको छ ।

लकडाउकै बेला १४ चैत्रमा बेदकोट नगरपालिका १० चतहरीका ४१ बर्षिया ईन्द्र विकमा कोरोना पुष्टी भएको थियो । अहिले उनी सेती प्रादेशिक अस्पतालबाट उपचार पछि घर फर्किसकेका छन् । यो कञ्चनपुर र देशकै लागि सुखद विषय हो । उनी सहित ११जनालाई सशस्त्र प्रहरीले ब्रम्हदेबदेखि सिधै बेदकोटको क्वारेन्टाईनमा लगिएको थियो ।

जिल्लाको कोरोनाको चेन तोड्न सफल भएको सशस्त्र प्रहरीले गोदाबारी नगरपालिका १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) चढेको भारतीय नम्बर प्लेटको गाडीबाट अवैध हातहतियार समेत नियन्त्रणमा लिएको थियो ।

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको गाडीबाट हतियार बरामदका साथै सोही स्थानीय गोदाबरी नगरपालिका १ अत्तरियाका दुई लागु औषधका तस्करलाई नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले राज्यले दिएको जिम्मेबारीमा एकइन्च पनि कमि हुन नदिने बताए ।

उनले जिल्लाको उत्तरी भेग खल्लामेछेट्टीदेखि दोधाराचाँदनी, बेलडाँडी, बेलौरी हुँदै पुर्नवासको डोकेबजार पुरै सीमा क्षेत्र सिल गरिएको बताए ।

‘एक मानिस त के प्राणी पनि न भित्रिन्छ, न बाहिरिन्छ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘त्यही अनरुपको सीमा क्षेत्रमा सुरक्षा प्रबन्ध गरिएको छ ।’ अहिले पनि सशस्त्र प्रहरीले पैदल, मोटरसाईलदेखि जिपमा नियमित गस्ती बढाएको उनले बताए ।‘लकडाउन र कुनैपनि अबाञ्चित गतिबिधी रोक्न सशस्त्र प्रहरी २४ सै घण्टा हाजिर छ, ‘उनले भने, ‘हामीले सीमा क्षेत्र सहित, जिल्ला प्रवेस र गाउँघरतिरपनि गस्ती बढाएका छौँ ।’ महाकाली नगरपालिका क्षेत्रमा महाकाली नदीका भङगालामा जोखिम मोलेरै भएरपनि वारपार गरिरहेको उनले बताए ।

सशस्त्र प्रहरीले लकडाउनका समयमा गरेको भूमिकाको स्थानीय स्तरसहित सरोकारवाला पक्षबाट प्रसंसा गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »