सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धुलिखेल नगरको कोरोना नियन्त्रण समिक्षा र भावी रणनीति

मिलन कुमार गाैतम,काभ्रे

धुलिखेल नगरपालिकाले कोभिड-१९ नियन्त्रणका लागि जिल्लाकै ठुलो ६५ जनाको क्षमता भएको सञ्जीवनी मा. वि. मा रहेको क्वारेन्टाइन व्यवस्थापन गर्न तथा कर्मचारीहरुको उच्च मनोबल कायम राख्न स्वास्थय शाखाले नगर कार्यपालिका बैठकमा प्रस्ताब पेश गर्ने तथा कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्न रु १ करोडको कोष ब्यबस्थापन गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । लकडाउनको ३१औं दिन बैसाख १० गते धुलिखेल नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को नगरपालिकामा भएका गतिबिधि तथा कृयाकलापको समिक्षा गरेको हो । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जुको अध्यक्षतामा बसेको समिक्षा बैठकमा नगर स्वास्थ्य प्रमुख सन्दीप के।सी।ले हाल सम्मका गतिबिधि तथा कोरोना नियन्त्रणमा गरिएका कामहरुको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।

धुलिखेल नगर पालिकाले कोभिड नियन्त्रणका लागि जिल्लाकै ठुलो ६५ जनाको क्षमता भएको सञ्जीवनी मा। वि।मा रहेको क्वारेन्टाइन ब्यबस्थापन गर्न  तथा कर्मचारीहरुको उच्च मनोबल कायम राख्न स्वास्थय शाखाले नगर कार्यपालिका बैठकमा प्रताव पेश गर्ने तथा कोरोना नियन्त्रण तथा  ब्यबस्थापन गर्न रु १ करोडको कोष ब्यबस्थापन गरी प्रभावकारी रुपमा कार्यान्वयन  गर्ने जनाएको छ । 

धुलिखेल नगरपालिकामा हाल सम्म नगरपालिकाको खरिद तथा बिभिन्न सहयोगी संस्थाहरुको सहयोगमा पिपिइ १६६ थान, इन्फ्रा रे थर्मोमिटर १५ थान एन ९५ मास्क १२० थान, हेण्ड सेनिटाइजर ९०० बोतल, र्सिर्जकल मास्क ३९०० थान, ग्लोब्स १००० जोर तथा सावुन १२ दर्जन संकलन गरेकोमा धुलिखेल अस्पताल, स्वास्थ्य संस्थाहरु एवं वडा कार्यालयहरुमा वितरण गरेको छ ।

कोरोना माहामारीको कारण कमजोर तथा विपन्न मानिसहरुमा पर्न सक्ने असर न्यूनकिरण गर्न आगामि १५ दिनको लागि आवस्यक पर्ने अनुमानित राहत सामाग्रीको विवरण तथा विगतमा वितरित सामानका विवरण समेत पेश गर्न वडाहरुलाई जानकारी गराएको छ । त्यसैगरी कोभिड नियन्त्रणको आगामी योजनामा वडा तथा वस्ति स्तरमा स्वास्थय कर्मी, महिला स्वयं सेविका सुचना प्रबिधि बारे ज्ञान भएको ब्यक्ति सहितको ५ जनाको समिति गठन गर्ने र सो समिति मार्फत कोभिड १९का सम्भावित बिरामीहरुको मोवाइल एप द्वारा ट्रयाकिङ्ग गरी उपचारको ब्यबस्थापन गर्ने संयन्त्र बिकास गर्न लागिएको नगर स्वास्थय शाखाले जनाएको छ ।

कोरोना माहामारीको समयमा कमजोर तथा विपन्न मासिहरुलाइ सहयोग तथा राहत बितरणमा वडा कार्यालयहरुले पुराएको सहयोगको लागि नगर प्रमुखले सवै वडा कार्यालय परिवार तथा सम्पुर्न वडा अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्दै अप्ठेरो परिस्थितीमा जनता माझ पुग्न गर्नु भएको योगदानको सह्राना गर्नुभयो । धुलिखेल नगरपालिकालाई मेडीकल औजार तथा सामानहरु सहयोग गर्ने संस्थाहरुमा पुर्व मन्त्री तथा काभ्रे क्षेत्र नं. २ का माननिय सांसद गोकुल बास्कोटा, रोटरी क्लब अफ धुलिखेल, युनिसेफ नेपाल, पतञ्जली योग समिति, कर्ड नेपाल स्वास्थ्य कार्यालय काभ्रे लगाएतका संस्था तथा ब्यक्तिहरु रहेकोमा सबै सहयोगी हातहरुलाई धुलिखेल नगरपालिकाले आभार ब्यक्त गर्ने पस्ताव पारित गरेको छ । धुलिखेल नगर पालिकाको क्वारेन्टाइन सञ्चालन तथा कोभिड नियन्त्रणमा हाल सम्म १० लाख भन्दा बढि खर्च भै सकेको छ ।

नगरपालिकाले कोभिड १९को माहामारीका क्रममा नगरका विकास निर्माणका कार्यहरुमा अबरोध हुन नदिन सामाजिक दुरी कायम गर्दै गर्न सकिने बिकासका कार्यहरु समेत बिभिन्न ठेकदार तथा उपभोक्ता समितिहरु मार्फत सञ्चालन गर्ने तथा त्यस्ता बिकास निर्माणका काममा कमजोर आर्थिक अवस्था भएका मजदुरहरुलाई संलग्न गराई उनिहरुको जिवन निर्वाहमा सहजिकरण गर्ने समेत जनाएको छ । कृषी क्षेत्रको कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाउन उन्नत बिउ विजन वितरण तथा कृषी औजारमा अनुदान लगाएतका कार्यहरु गर्ने साथै नगरपालिका क्षेत्र भित्र रहेका बाँझो जमिनहरु बाँझो नराख्न र त्यसको अधिकतम उपयोग गर्न लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले जनाउनु भएको छ । समिक्षा बैठकले कोरोना माहामारीका कारण चालु आ।ब।मा नगरपालिकाको बिनियोजित बजेटमा पर्नसक्ने प्रभाव तथा आगामी आ.ब.को वजेट यर्थाथ विवरण समेत तयार गर्न सुरु गरिने जनाएको छ । बैठकमा नगर उप प्रमुख बिमला शर्मा तथा सबै वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »