सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे खानीखाेला गापाद्वारा करिब ३०० जना नागरिककाे उद्धार

काभ्रे । लकडाउनकाे समयमा विभिन्न स्थानीय तहले काठमाडाैँबाट घर फर्कन चहाने नागरीकहरूकाे उद्धार गर्ने क्रममा शनिबार र आइतबार गरी खानी खाेला गाउँपालिकाले पनिआफ्ना करिब ३०० नागरिकलाई उद्धार गरेका छन् ।

काभ्रेबाट नेकपाका जिल्ला नेता दैवलाल घिसिङले अनुसार हिजाे काठमाडाैँकाे सातदाेवाटाे, कलंकी, काेटेश्वार अादि स्थानबाट र आज पनि साेहि स्थान र बनेपा, धुलिखेल र पनाैतीबाट उद्धार गरेकाे जानकारी दिनुभयाे ।

उद्धारका लागि पालिका अध्यक्ष कृष्ण प्रसाद खुलाल, वडा नं. ६ वडा अध्यक्ष तथा प्रवक्ता मान बहादुर गाेले, नेकपा जिल्लाका नेता दैवालाल घिसिङ र स्थानीय युवा नेता विरेन्द्र लामा आएकाे थियाे ।

पालिकाले उद्धार गरिएका सम्पुर्ण नागरिककाे स्वास्थ्य चेक जाँच पनि गरिएकाे बताउनु भएकाे छ । पालिकाकाे स्वास्थ्य विभागका प्रमुख राम पुकार यदावकाे साथमा स्वास्थ्य टाेलि खटिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »