सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाउँपालिका कार्यलयमाआगलागी हुनु षड्यन्त्र हाेः नेकपा नुवाकाेटकाे आराेप

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयमा आगजनी भएको छ । आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

कार्यालयको स्टोर शाखामा विद्युत् सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। आगलागीबाट दुई आर्थिक वर्षका सम्पूर्ण कागजात, कम्प्युटर, फर्निचर र औषधिहरु जलेर नष्ट भएको म्यागाङ गाउँपालिका कार्यालयले जनाएको छ। सम्पूर्ण कागजात जलेर नष्ट हुनुमा गाउँपालिकाको अनियमितलालाई ढाकछोप गर्ने षड्यन्त्र भएको आरोप स्थानीयले लगाएका छन्।

आगलागी घटनाको यथार्थ छानबिन हुनुपर्ने नेकपा म्यागङले माग गरेको छ । नेकपा म्यागाङले विज्ञप्ती जारी गरी गाउँपालिका अध्यक्षले गरेको बदमासी लुकाउन घटना गराएको आरोप लगाइएको छ।

गाउँपालिका अध्यक्ष आशाबहादुर तामाङले भने दुर्घटनालाई नेकपाले राजनीतिकरण गरेको प्रतिक्रिया दिएका छन्। आगलागीले कोरोना नियन्त्रण र रोकथामको गतिविधि नरोकिएको गाउँपालिका अध्यक्ष तामाङले बताए।

गाउँपालिका कार्यालयका अनुसार आइतबार दिउँसो करिब १ बजेतिर आगलागी भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »