सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विराटनगरबाट काठमाडौँ आएर नागढुंगामा रोकिएकाहरूलाई विराटनगर नै फर्काउने तयारी

काठमाडौं। विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीहरुलाई प्रहरीले उतै फर्काउने तयारी गरेको छ । प्रहरीले नागढुंगामा होल्ड गरेर राखेकाहरु सबैलाई सम्बन्धित ठाउँमा नै फर्काउने तयारी गरेको हो ।

आइतबार साँझ विराटनगरबाट करिब १८७ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो । तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ ।

उनीहरूलाई विराटनगर नै फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ‘केही बसबाट मानिसहरू आएका छन्,’ डिएसपी घनश्याम श्रेष्ठले भन्नुभयो,’उनीहरू स्थानीय तहको रोहबर र छलफलमा आएका रहेछन् ।’

तर अब यसरी आएकाहरुलाई विराटनगर नै फर्काउने तयारी सुरु भएको श्रेष्ठले बताउनुभयो ।
‘हामीले कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनौं,’ उहाँले भन्नुभयो, ‘उनीहरूलाई फर्काउने तयारी थालेका छौं ।’

उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरिएको छ । तर विराटनगरबाट आएकाहरुलाई नागढुंगामा झारेर बस भने विराटनगर फिर्ता भइसकेको छ । अब कसरी फर्काइन्छ भन्नेबारे बताइएकाे छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »