सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा राहत व्यवस्था गर्दै – (नेकपा) नेपालगन्ज उपमहानगरपालिका नगर समिति सक्रिय


नेपालगन्ज , कोरोना भाइरस नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका समयमा उत्पन्न हुन सक्ने समस्या समाधानका लागि नेकपा नेपालगन्ज उपमहानगरपालिका नगर समिति सक्रिय भएको छ ।


राहात वितरण जस्ता कार्यक्रमा उक्तकमिटि सक्रियतापूर्वक लागेको अध्यक्ष डिल्ली बराल बताउँछन् ।
नगर समिति सचिव दत्तप्रसाद आचार्यका अनुसार, बुधवार मात्र नगर समितिको बैठकले ४५ जना सदस्य रहने गरी राहात व्यवस्थापन समिति गठन गरेको छ ।


राहात व्यवस्थापन समितिसंगै पहिलो दिनमै अध्यक्ष बराल र सचिव आचार्य लगायतले बैंकमा रकम समेत जम्मा गरेका छन् । पहिलो दिन अध्यक्ष बराल र सचिव आचार्यले रु ५१ र५ ५१ सय रकम जम्मा गरेका हुन ।
त्यस्तै तेज प्रसाद रेग्मीले रु ११ हजार, अजय कुमार पाठकले ११ हजार,कृष्णप्रसाद श्रेष्ठ ५१ सय, नन्द लाल बैश्य ७१ सय, भिम रानाभाट ५१ सय, गिता मल्ल ५१ सय, नारायण शर्मा ५१ सय, नन्द किशोर कहार ५१ सय, मो नफिस अन्सारी ५१ सय, हिमबहादुर सुनार २५ सय र जित बहादुर मल्लले २५ सय दिने प्रतिवद्धता जनाएका छन् ।


त्यसै गरी धर्म अर्यालबाट २१ सय र हिरा सिंह बुढाबाट ३ हजार प्राप्त भएको छ । बैठकमा क्षेत्रीय इन्चार्ज शान्ती ढकाल र नगर इन्चार्ज अकल बहादुर बम समेत सहभागि थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »