सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे बचत संंघद्वारा तेमाल गापालाई आर्थिक हस्तान्तरण

काठमाडाैँ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको लेखा समितिको संयोजक जेन लामाले बिहिबार १८ गते तेमाल गाउँपालिकाकाे अध्यक्ष सलाम सिं तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल र स्वास्थ्य विभागका प्रमखु शिवहरी पाठकलाई राहत काेषमा जम्मा हुने गरी ४० हजारकाे चेक हस्तान्तरण गरेकाे छ ।

काभ्रेकाे १३ वटा नगरपालिका र गाउँपालिकालाई काेराेना भाइस विरूद्धकाे अभियानका लागि आर्थिक सहयाेग गरेकाे छ ।

प्राप्त जानकारी अनुसार नगरपालिकालाई ५० हजार, स्थानीय तहलाई ४० हजार राहत काेषमा जम्मा हुने गरी सहयाेग गरेकाे संघका प्रवन्ध निर्देशक गुरूप्रसाद ढकालले सारा खबरलाई जानकारी दिनुभयो ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेलाई सहसचिव सुरेन्द्र प्रसाद पौडेलले ५० हजार हस्तान्तरण गर्नुभएको हो ।

काभ्रेको पाँचखाल नगरपालिकामा संचालक सदस्य सत्यवती भट्टराइले उपप्रमुख लक्ष्मी दनुवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ भने बनेपा, धुलिखेल, नमोबुद्ध नपा र रोशी गाउँपालिकामा अध्यक्ष रामहरि केसीले रकम हस्तान्तरण गर्नुभएको हो ।

पनौती नपामा प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले पनौतीका मेयर भिम न्यौपानेलाई रकम हस्तान्तरण गर्नुभएकाे थियाे भने भुम्लु गाउँपालिकामा संचालक सदस्य कृष्ण तिमल्सिना र प्रवन्धक गुरुप्रसाद ढकालले गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरलाई रकम हस्तान्तरण गर्नुभएको हो यसैगरी चौरी देउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतमलाई रकम हस्तान्तरण गरेकाे छ ।

काभ्रेको डाँडापारि खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा संचालक सदस्य उपेन्द्र हुँमागाइले हस्तान्तरण गरेका छन् । बेथानचोक गाउँपालिकामा पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ

भर्खरै

सम्बन्धित खबर

Language »