सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेना भाइरस बाट ज्यान गुमाउनेकाे संख्या २ लाख ४० हजार हाराहारी,३४ लाख बढी संक्रमित

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाउनेकाे संख्या भने २ लाख ४० हजार हाराहारी पुगेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने २ लाख ३९ हजार ५७० पुगेकाे छ भने संक्रमितकाे संख्या २४ लाख २७८ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै ९६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने झण्डै ६ हजरकाे मृत्यु भएकाे छ । शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ थियाे भने मृत्यु हुनेकाे संख्या २ लाख ३३ हजार ८३९ थियाे ।

सङ्क्रमितमध्ये १० लाख ८१ हजार १५६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले विश्वभर २० लाख ७८ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ३५१ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ६५ हजार ७५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ११ लाख ३१ हजार पुगेकाे छ ।

संक्रमितमध्ये एक लाख ६१ हजार ५६३ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ३ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ५८१ काे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २८ हजार २३६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ७ हजार ४२८ जना कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये ७८ हजार २४९ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा एक लाख बढीमा काेराेना सक्रिय रहेकाे छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ३९ हजार ६३९ पुगेकाे छ ।

स्पेनमा कोरोनाका कारण २४ हजार ८२४ ले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ४२ हजार ४५० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७५ हजार ७१४ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजार ५ सयकाे अवस्था भने गम्भीर रहेको छ ।

अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २७ हजार ५१० पुगेकाे छ । संक्रमितकाे संख्या भने १ लाख ७७ हजार ४५४ पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ४९ हजार बढीमा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की, रूस, ब्राजिल र इरान पनि रहेका छन् ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले ५५७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ६८५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८७५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »