सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघ्याे, ४५ लाख १७ हजार बढी संक्रमि

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३ हजार ७० पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४५ लाख २१ हजार १७७ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १७ लाख २ हजार ११३ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे पाँच गुणा बढी हाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ८९ हजार ९०१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ४५ हजार ८२८ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख १७ हजार ९८८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख ५१ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार २४० अवस्था गम्भीर रहेको छ ।

पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा २ लाख ५२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ३०५ पुगेकाे छ । संक्रमितमध्ये ५३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ९६ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले १०१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार १९५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९२९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »