सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पृथ्वीजयन्तीकाे अवसर सार्वजनिक विदा, अधिकार प्रयाेग गरे स्थानीय तहले

काठमाडाैँ । पाैष २७ गते पृथ्वीजयन्तीकाे अवसरमा नेपालकाे विभिन्न स्थानमा कार्यक्रम हुने भएकाे छ ।

नेपाल संगित तथा नाट्य कला प्रतिष्ठानकाे अायाेजनामा हाम्राे बाजा, हाम्रै धुन साँस्कृतिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएकाे छ । भने झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्।

हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका हुन् ।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए।

‘सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ। राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो,’ उनले भने।

झापाकै कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »