सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपक्ष दल नै छैनः मेयर विद्या सुन्दर शाक्य

काठमाडौँ । कोरोना संक्रमणबाट उपत्यकावासीलाई सुरक्षित राख्न काठमाडौँ महानगर पालिका सक्षम रहेको मेयर विद्या सुन्दर शाक्यले सारा खबरको विशेष संवादका क्रममा बताउनुभएको छ ।

जनप्रतिनिधि भन्दा उपत्यकावासीहरु स्वयंसेवकको रुपमा खटेर महानगरलाई कोरोना भाइरसबाट संक्रमण हुनबाट सुरक्षित राख्न सहयोग गरिरहेको मेयर शाक्यले दाबी गर्नु भयो ।

बाहिरीरुपमा मिडियाले हल्ला गरे जस्तो नगरपालिकामा कुने प्रकारको समस्या नरहेको पनि जिकिर गरेका छन् ।

उहाँ भन्नु हुन्छ “लकडाउन लागु भएको ४५ दिनसम्म कुनै प्रकारको दुर्घटनाहरु घटेका छैनन् । यो महानगरवासीका लागि खुशीको कुरा हो । बाहिरी जिल्लाबाट लुकीछिपी, पास लिएर आएका व्यक्तिहरुबाट कोरोना संक्र्रमण हुने संभावना बढेको छ । त्यस प्रति हामी सचेत छौँ । अन्य डरलाग्दा समस्याहरु आइपरेका छैनन् र आइपरेमा समाधानका लागि हामी तयारी अवस्थामा छौँ ।” नेपाल सरकारले तोके अनुुसार नियम अनुसार भाडामा बस्नेहरुका लागि सहुलियत पाउनेमा कुनै शंका नगर्न पनि उहाँले सबैमा अनुरोध गर्नु भएको छ ।

“सामाजिक संजालको सहि सदुपयोग हुन सकेन । यथार्थ नबुझी भ्रमको पछाडि दौडिनु हुँदैन थियो । केहि मिडियाले त गलत समाचार सम्प्रेषन गरेर त्रासमात्र थपिदिने गरेका छन् । त्यसो नगर्नका लागि पनि मेरो अनुरोध छ ।” मेयर शाक्यले मिडियाले साथ नदिएको प्रति घुमाउरो भाषामा गुनासो पोखेका थिए ।

उहाँले राज्यले तोकेको नियमलाई नमान्ने भए अमेरिकामा जस्तै उपत्यकामा पनि लकडाउन खुलाए पनि हुन्छ भन्दै लकडाउनलाई कडाईका साथ लागु गराउनका लागि गृह प्रशासन कडारुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ ।

संवादको क्रममा उहाँले काठमाडौँ महानगर पालिकामा विपक्षी दल नै नभएको दाबी गर्नु भएको छ । केहि मिडियालाई पछि लगाएर मेयरको बदनामी गर्न खोज्दा उल्टै मेयरको इज्जत बढेको मेयर शाक्यले आफ्ना विरोधी तिर इङ्कित गर्दै अनावश्यक कुरामा समय खर्च नगर्न पनि अनुरोध गर्नुभयो । बाँकी भिडियो संवाद हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »