सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश नं. ३ काे नाम ”बाग्मती” राखेकाे विराेधमा भक्तपुरमा मसाल जुलुस

भक्तपुर । प्रदेश नं. ३ काे नाम बाग्मती राखेकाे विराेधमा नेवा-ताम्सलिङकाे माग गर्दै मसाल जुलुस निकालेका छन् ।

नेवा-ताम्सलिङ हुनुपर्ने माग राखेर पहिचानवादीहरूले सुर्यविनायक चोकबाट राम मन्दिरसम्म मसाल बालेर विराेध जनाएकाे थियाे ।

नेकपाले जनताकाे अधिकार माथि कुन्ठित गर्दै एक तर्फीरूपमा बाग्मती नामाकरण गरी जनतालाई धाेका दिए भन्दै नेवा-ताम्सलिङ घाेषणा हुनु पर्ने माग गरेका थिए ।

लामो समय देखि नेकपाले देखाएको सपना नेवा ताम्सालिङलाई लत्याउँदै प्रदेशको नाम बागमती राख्नु पहिचान विरोधी भएको भन्दै उनीहरुले भक्तपुरमा मसाल जुलुस निकालेका हुन् ।

यो पहिलो चरणको आन्दोलन भएको बताउँदै जनताकाे माग र ”नेवा-ताम्सलिङ” नामाकरण नभएसम्म आन्दाेलन जारी रहने बताएका छन् ।

उक्त विरोध जुलुसमा राष्ट्रिय तामाङ घेदुङ, तामाङ चलचित्र संघ र पहिचान” युवा अावाज” लगायत संयुक्त पहिचानवादीहरुकाे उपस्थिति रहेकाे सारा खबरलाई स्राेतले जानकारी दिएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »