सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फिलिपिन्सको राजधानी मनिला नजिकै ज्वालामुखी बिस्फोट, हजारौं मानिसहरु सुरक्षित स्थानतर्फ

एजेन्सी, आइतबार फिलिपिन्सको राजधानी मनिला नजिकै एउटा ज्वालामुखी बिस्फोट भएको थियो । उक्त ज्वालामुखीबाट सोमबार रातो तातो लाभा उछिट्टिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हिंसात्मक विस्फोटको डरले ज्वालामुखी निकटवर्ती समुदायका हजारौं मानिसहरु सुरक्षित स्थान तर्फ गैसकेका छन् भने राजधानी मनिलाको अन्तर्राष्ट्रिय एयरपोर्टले आफ्ना सम्पुर्ण सेवाहरु बन्द गरिसकेको जनाएको छ ।

हालसम्म कुनै ठूलो क्षति वा हताहतको कुनै रिपोर्ट नभए पनि अर्को  खतरनाक बिस्फोट हुने आशंका जताउँदै विशेषज्ञले उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ ।

राजधानी मनिलाको  ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो ।

सिएनएन फिलिपिन्सका अनुसार अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले  ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन् ।

एजेन्सीले केही घण्टा वा दिनमभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ ।

सरकारी समाचार एजेन्सीले हल्का भूकम्प पनि मापन गरिएको जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »