सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने बहुमतको प्रस्ताव संसदीय समितिबाट पारित

काठमाडौं/७ असार ।

अब नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले लगातार सात वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता पाउने भएका छन् । लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको हो ।

यस प्रस्तावलाई समितिको बहुमतले पारित गरेको जानकारी गराइएको छ । प्रस्तावको पक्षमा सत्तारुढ नेकपाका सांसदहरू थिए । त्यस्तै, प्रतिपक्षी दलका सांसदहरूले भने यसमा असहमति जनाएका छन् ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले अन्य बुँदामा आफ्नो सहमति रहेको भएतापनि विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्थामा आफू सहमत हुन नसकेको बताएका छन् ।

तर यस विषयमा प्रमुखप्रतिपक्षी नोपली कांग्रेसले समितिमा आफ्नो फरक मत पनि दर्ता गराएको छ । साथमा अन्य विपक्षी पार्टीहरु राजपा, समाजवादीले पनि यसको विरोध गरेका छन् ।

राजपा नेता राजेन्द्र महतले उक्त प्रस्तावले संवैधानिकमात्र नभइ पारिवारिक समस्या समेत पैदा हुने बताएका थिए । यसैगरी एक विज्ञप्ती नै जारी गरेर नेकपा सांसद एवं पूर्व मन्त्री मात्रिका यादवले पनि ७ बर्षे प्रावधानप्रति विरोध जनाएका छन् ।

राज्यव्यवस्था समितिले आइतबार विधेयकमा अंगीकृत नागरिकता नपाउञ्जेल विदेशी महिलालाई स्थायी बसोबास अनुमति–पत्र दिने प्रस्ताव पनि ल्याएको छ । उक्त अनुमति–पत्रले राजनीतिक र सरकारी नियुक्ति जागिरबाहेकका विभिन्न सात वटा अधिकारको व्यवस्था गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »