सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”Lockdown”मा २५६४ औं बुद्ध जयन्ती दिवस यसरी मनाए (साथमा भिडियाे)

काठमाडाैँ । बैेशाख २५ गते बिहिबार अन्य वर्ष भन्दा भिन्न तरिकाले २५६४ अाैं बुद्ध जयन्ती दिवस मनाएकाे छ ।

काेराेना भाइरसकाे त्रासका कारणले बुद्ध जयन्ती मात्र हाेइन अन्य पर्वहरू पनि भिन्न तरिकाले मनाएका छन् । अन्य वर्ष तामझामका साथ मनाइन्थ्याे भने याे वर्ष सामान्य भन्दा सामान्य पुजापाठ गरेर मनाइएको हो।

केही महिना अगाडी तेमाल जात्रा पनि काेभिड-१९ काे त्रासकै कारण घरमा नै सामान्य पुजापाठ गरेर मनाउनका लागि काभ्रेकाे तेमाल गाउँपालिका लगाएत केहि गाउँपालिकाले सार्वजनिक सूचना सार्वजनिक गरेका थिए ।

२५६४ अाै बुद्ध जयन्ती पनि सामान्य भन्दा सामान्य पुजापाठ गरेर नै मनाएकाे छ। बाैद्ध तामाङ कल्याण गुठीले परम्परा देखि चल्दै आएकाे रीतिथितिलाई कायम राख्नका लागि विधिगत पुजापाठ गरेर थाेरै मानिसहरूकाे उपस्थितिमा बुद्धकाे प्रतिमालाई बाैद्ध नाथ स्तुपाकाे परिक्रमा गरि बुद्ध जयन्ती दिवस मनाएकाे छ ।

विगतका दिनहरूमा बुद्धकाे प्रतिमालाई हात्तीमा राखेर बाैद्ध स्तुपा परिसर परिक्रमा गर्ने परम्परा रहेता पनि हात्ती पाउन छाडेपछि गाडीमा राखेर परिक्रमा गर्ने चल्न रहेकाे गुठीका अध्यक्ष चन्द्र लामाले संवादकाे क्रममा बताउनु भयो । यसपालि काेराेना भाइरसकाे कारणले गर्दामा धुमधामका साथ बुद्धकाे प्रतिमा बाेकेर बाैद्ध स्तुपाकाे परिक्रमा गर्न नपाउँदा सार्है खल्लो लागेकाे तामाङले बताउनुभयाे ।

भिडियाे हेर्नुहाेला

भर्खरै

सम्बन्धित खबर

Language »