सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”Lockdown” मा पनि खुशिका साथ रक्तदान

काठमाडाैँ । बैशाख २५ गते बिहिबार बुद्ध जयन्तीकाे अवसरमा बाैद्धमा लकडाउनकाे समयमा प्रतिमा तामाङलाइ भेटेका थियाैँ । लायन्स क्लव अफ काठमाडाैँ खास्ती र खास्ती नेवा पुचःले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा उनले पनि रक्तदान गरेका रहेछन् । कुनै नायिका भन्दा कम छैनन् उनी । हाँसिलाे मुहारकी प्रतिमा तामाङ खुशी मान्दै रक्तदान गरिरहेकाे थियाे । अहिलेसम्म तीन पटक रक्तदान गरिसकेकाे संवादकाे क्रममा बताउनु भयाे

यसरी नै अर्का व्यक्ति धनराज तामाङलाई पनि रक्तदान गरिरहेकाे अवस्थामा नै भेटायाैँ । लकडाउनकाे समयमा रक्तदान गर्नुकाे कारण के हाेला भन्ने प्रश्नमा वहाँको भनाई यस्तो थियो । ”याे लकडाउनकाे समयमा रगतकाे अभावले काेहि पनि मृत्यु हुन नपराेस भनेर रक्तदान गरेकाे हाे । धेरै पटक रक्तदान गरिसकेकाे छु । याे समयमा सबै जना सुरक्षित रहनुहाेस् । रगतकाे अभावमा काेहि मृत्यु नहाेस भन्न चाहन्छु ।”

हामीले लायन्स क्लव अफ काठमाडाैँ खास्ती र खास्ती नेवा पुचः काे अध्यक्ष कुमार श्रेष्ठसँग पनि कुराकानी गरेका थियाैँ । उहाँको भनाई चाहिँ यस्तो रहेको छ । ”वार्षिकरूपमा बुद्ध जयन्तीकाेअवसरमा नियमित रक्तदान कार्यक्रमकाे आयाेजना गर्दैआइरहेकाे थियाे तर यसपाली अलि गाह्राे हाेला कि भन्ने लागेकाे थियाे तर रक्तदान दिन चाहनेहरूले दिल खुलेर सहयाेग गर्नुभयाे । विशेष त उहाँहरूलाई धन्यवाद । ”

रक्तदान गर्नु भएका सम्पुर्णलाइ बाैद्ध तामाङ कल्याण गुठीका अध्यक्ष चन्द्र लामाले प्रमाण पत्र हस्तान्तरण गर्नु भएकाे थियाे ।

याे भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »