सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”Lockdown” मा सुत्केरी महिलाकाे लागि राहत बाड्दै हिड्ने उपमेयरः बिमला शर्मा (उपमेयर, धुलिखेल नपा.)

काठमाडाैँ । धुलिखेल नगरपालिकाका उपमेयर बिमला शर्माले ४५ दिन नकटेका सुत्केरी महिलाहरूका लागि पाैष्टिक आहार वितरण गरेका छन् ।

लकडाउनकाे समयमा बच्चा र आमाका लागि पाैष्टिक आहारहरु सजिलै उपलब्ध हुन नसक्ने भएकाे हुनाले नै धुलिखेल नगरपालिकामा बसाेबास गरेका सुत्केरी महिलाहरूलाई वितरण गर्ने याेजना बनाएकाे बताए ।

उपमेयर शर्माले धुलिखेल स्वास्थ्य विभागका इन्चार्जकाे सहयाेगमा प्रत्येक वडाध्यक्षहरूकाे माध्यमबाट सुत्केरी महिलाहरूकाे विवरण लिएका थिए । धुलिखेल हस्पिटल र शिरमेमाेरियल हस्पिटलमा गरी ८५ जनाकाे नाम लिष्ट प्राप्त भएकाे थियाे । साेही अनुरूप एक क्रेट अण्डा, एक माना घ्यू, बच्चा र आमाकालागि न्यानाे कपडा उपमेयरले आफ्नै खर्चमा उपलब्ध गराएकाे सारा खबरकाे नियमित स्थानीय संवाद कार्यक्रममा बताउनु भयाे ।

उहाँले भन्नुभयाे ”याे लकडाउनकाे समयमा जनताकाे घर दैलाेमा पुगेर स्वास्थ्य अवस्था पनि बुझ्न पाएँ।, सेवा पनि हुने भयाे । त्यसैले जति खर्च लागेपनि सुत्केरीहरूलाई पाैष्टिक आहार वितरण गर्न म आफैँ हिँडेकाे हाे ।

भिडियाे संवाद

बच्चालाई काँखमा लिदै उपमेयर बिमला शर्मा

भर्खरै

सम्बन्धित खबर

Language »