सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण

 काठमाडौं । कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण गरिएको छ ।

 नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा गरिएको एक कार्यक्रमका बीच देवकोटाका ४ कृतिहरुको लोकार्पण गरिएको हो ।

 प्रलयको शंखघोष, सुभाषित पद्यमाभुतम, हितैषि कुरा र मेरो देश सहितका ४ कृतिहरु एकैपटक बिमोचन गरिएका हुन् ।

कवि जनार्दनशरण त्रिपाठीलाई रमेश गंगा श्रष्टासम्मान अर्पण गरिएको उक्त कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्य लगायतका वक्ताहरुले कवि र कृतिका बारेमा चर्चा गरेका थिए ।

कवि रमेशचन्द्र देवकोटा योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटाका बुवा हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »