सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नागरिक आवाज संस्था द्वारा धनुषामा निशुुल्क आँखा शिविर तथा जेष्ठनागरिक सम्मान कार्यक्रम गर्दै

काठमाडौं । सामाजिक कार्यगर्न गठनभएका सबै सामाजिक संस्थाहरुले समाजको लागि केहि न केहि गरि रहेकै हुन्छन् ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा केन्द्रिय कार्यालय रहेको नागरिक आवाज संस्थाले यहि माघ २२ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ मा निशुुल्क आँखा शिविर तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको यस कार्यक्रकी संयोजक कुमारी बाँठामगर(मनु)ले जानकारी गराउनु भएको छ ।
संयोजक बाँठामगरको स्वर्गीय आमा बुबाको स्मृतीमा यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमलाई गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ र संस्थाको संयुक्त आयोजनाको रुपमा आयोजित कार्यक्रमलाई स्थानिय स्तरमा संयोजन गर्ने कार्य भने सहित्यकार तथा कवी दुलर्भ जेठामानले गर्नु भएको हो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान , आँखामा मोतिबिन्दु भएकाहरुको पहिचान गरि उपचारको लागि आवश्यक पहल , कलाकारहरु बाट सांस्कृतिक प्रस्तुति ,सहयोगीहरुलाई कदर पत्र तथा अतिथिहरुलाई मायाको चिनो वितरणहुने कार्यक्रम संयोजक कुमारी बाँठामगर(मनु) ले जानकारी दिनु भएको छ ।
यो कार्यक्रमलाई सफल बनाउन स्थानिय सरकार तथा समाजसेवीहरुको महत्वपुर्ण भुमिका रहने संस्थाकी अध्यक्ष रिता रानामगरले बताउनु भयो ।
यो कार्यक्रमलाई सभ्य र भव्य बनाउन साहित्यकार तथा कवी ,बहु प्रतिभाका धनी दुुर्लभ जेठामानले संचालन गर्नुहुने छ भने यसको मिडिया पार्टनरको रुपमा साराखवर रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »