सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलान्चोक बनेपा नगरपालिका(६ बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक ४५ वर्षीया मन्दिरा केसी ९कार्की० लाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको जग्गाहरु धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »