सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तमाङ चलचित्र क्षेत्रका मेघास्टार कुमार मोक्तान अब उत्तर लामाको र्यापमा

काठमाडौं । तामाङ भाषाको गीत संगीत क्षेत्रमा पछिल्लो समय निकै बिकास हुँदै गईरहेको अवस्थामा दिन प्रतिदिन नयाँ शैली र नयाँ अनुहारहरुको पनि क्रेज बढीरहेको छ ।
तामाङ भाषा मात्र नभएर सेलो लय तथा संगीतका गीत तथा भिडीयोहरु सार्वजानिक हुने क्रम त्यतिनै बढीरहेको छ । यसै सिलसिलामा तामाङ समुदायका पहिलो र्यापर उत्तर लामा संगुलले नयाँ शैलीको र्याप बजारमा ल्याएका छन् ।
“डिजे भाई तामाङ सेलोमा डिजे बजाउ है” बोलको गीत बजारमा ल्याएका संगुलले गीतमा तमाङ चलचित्र क्षेत्रका मेघास्टारको नाममा चर्चा कमाउन सफल, तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान लाई अभिनय गराएका छन् ।
उत्तरलामा अफिसियल युट्युब मार्फत सार्वजानिक भएको गीतमा शव्द,संगीत उत्तर लामा आफ्नै रहेको छ भने स्वर सुमिना लो तामाङ र उत्तरलामाको रहेको छ । पारिजात स्टुडीयो बौद्धमा रेकर्ड भएको गीतको मिक्सिङ र एरेन्ज कर्साङ लामाले गरेका हुन् ।
प्रतिक ङ्यासुरले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोमा तमाङ चलचित्र क्षेत्रका मेघास्टारको नाममा चर्चा कमाउन सफल, तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान,नायीका सुस्मिता मोक्तान,ल्हमिन थिङ,राजु थिङ र उत्तर लामाको मुख्य अभिनय रहेको छ ।
भिडियोको कोरीयोग्राफी राजु थिङले गरेका हुन भने क्यामारामा रविन तामाङ र सम्पादन सुरज लामाले गरेका हुन् ।
सबैले नाच्न मिल्ने सबैलाई नचाउने खालको गीतहरु ल्याएर चर्चा कमाएका उत्तरलामाको यो गितले पनि बजारमा राम्रै स्थान पाउने देखिन्छ ।
नयाँ जेनेरेसनलाई तामाङ सेलोमा पनि डिजे बजाउन मिल्छ भन्ने शन्देस दिन खोजेको यो गीत सार्वजानिक भएको एक दिनमै एकलाख हाराहारी दर्शक श्रोताले मन पराएका छन् ।
भिडियो हेर्न

भर्खरै

सम्बन्धित खबर

Language »