सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘प्रमाण नभेटिएको’समितिको निष्कर्ष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ ।

समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ । यसमा सत्तापक्षमा रहेका सांसदहरु एकमत भएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएका छन् ।

खगराज अधिकारी, भानुभक्त ढकाल लगायतका एमाले सांसदहरुले आ–आफ्ना राय राखेका थिए । बैठकपछि खगराज अधिकारीले पत्रकारहरुसँग भने, ‘प्रतिवेदनमा आ–आफ्ना कुराहरु छन् । कतिपयमा सर्वसम्मति छ । कतिपयमा छलफल नै बाँकी छ ।’

समिति सदस्यहरुका अनुसार एमालेका सांसदहरुले नै आ–आफ्ना तरिकाले फरक मत राखेका छन् । सबैका फरक मतलाई राखेर तयार प्रतिवेदन शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइनेछ । तर सभामुखलाई बुझाउनुअघि वा बुझाएर संसदमा पेश गर्नुअघि पनि निष्कर्षको भाषा फेरिन सक्ने समितिका एक सदस्य बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »