नेपालगञ्ज, २०७४ सालमा विवेकशिल साझाबाट उम्मेदवार बन्नु भएका नेपालगन्ज मेडिकल कलेजका प्लाष्टिक सर्जन डा. विनोद कर्णले पुनः प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा डा. कर्णले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि बाँके क्षेत्र नम्वर २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै डा. कर्णले राजनीतिक गर्ने आफ्नो अन्य कुनै ठुलो चाहना नभएको बताउँदै यो क्षेत्रलाई देशकै नमुना कसरी बनाउन सकिन्छ,समृद्ध बनाउन सकिन्छ भनेर उम्मेदवारी घोषणा गरेको बताउनुभयो । डा. कर्ण चिकित्सासँगै ‘क्लिन नेपालगञ्ज ग्रीन नेपालगञ्ज’ अभियान मार्फत विभिन्न सामाजिक अभियानमा जोडिदैं आउनुभएको छ ।