सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रगतिशिल गठबन्धन तथा तेस्रो राजनैतिक धारको निर्माण गर्दै रमेश खरेल र रबिन्द्र कुमार श्रेष्ठ

काठमाडौं । अहिले नेपालको राजनैतिक सेरोफेरोमा बिकास भएको गठबन्धनको नाराले एकप्रकारको राजनैतिक तरंग पैदा भएको छ ।
बाहिर भाषणमा समृद्धिको कुरा गरेपनि सिद्धान्त र बिचारनै नमिल्ने हरु बिचको अपबित्र गठबन्धनले बिशुद्ध सत्ता प्राप्तिको उदेश्य बाहेक अरु केहिपनि देख्न नसकिने राजनैतिक बिष्लेषक हरुको दावि छ ।
अहिले सत्तामा रहेका दलहरुको एउटा गठबन्धन र प्रतिपक्षमा रहेकाहरुको एउटा गठबन्धन बनेर आगामि निर्वाचनमा जाने अनुमान सहजै लगाउन सकिन्छ ।
यि सबै अवस्थाको मध्यनजर गर्दै लामो समयदेखि सामाजिक रुपान्तरणको यात्रामा लामबद्ध भएका तर राजनैतिकरुपमा बाहिर खासै नदेखिएका हरुको पनि पछिल्लो समय राजनैतिक मोह बढ्दै गएको छ र समुहगत रुपमै राजनितिमा सकृय बन्ने संकेतहरु देखा परिरहेका छन् ।
नेपालको राजनितिमा तेस्रो धार वा बैकल्पिक शक्तिको बिकास गर्ने भन्दै प्रहरीको सेवा बाट अवकाश लिएका रमेश खरेल तथा काठमाडौं उपत्यकाको हरेक सामाजिक आन्दोलनको अग्रभुमिकामा रहेर कार्य गरेका नेवा समुदायका चिर परिचित नाम रबिन्द्र कुमार श्रेष्ठ लगायतको पहलमा अहिले देशैभरी छरीएर रहेका साना साना समुह लाई जोड्ने अभियान नै चलि रहेको छ ।
स्वतन्त्र तथा प्रगतिशिल शक्तिहरु सकेसम्म एक भएरजाने नसकिए एकले अर्कालाई सपोर्ट गरेर भएपनि पुराना अनुहारलाई बिस्तापित गराएर जबरजस्त नयाँ ध्रुव वा बैकल्पिक शक्तिलाई स्थापित गराउने अभियानमा लागि रहेको सामुहिक नेपालका प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठले बताउनु भएको छ ।
सह अस्तित्वको स्विकार गर्दै सामुहिक बिचारको आधारमा पार्टी र सत्ता सन्चालनको कार्यदिशा निर्माण गरि अगाडी बढ्ने लक्ष्य लिएकोले टुक्रिएर जानु भन्दा जोडीएर बैचारीक मन्थन गर्दै जानु आजको आवश्यकता रहेको श्रेष्ठ बताउनु हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »