सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोद्धारा बर्दिया र बाँकेका बाढीपिडितलाई सय थान त्रिपाल प्रदान

नेपालगन्ज, बाँके युनेस्को क्लबले बाँके र बर्दियाका विस्थापित बाढी पिडितका लागि दुबै जिल्लाका विपद व्यवस्थापन समितिमार्फत सय थान ठुला त्रिपाल प्रदान गरेको छ ।


क्लबले बाँकेमा कतार च्यारिटीको आर्थिक सहयोग र बर्दियामा प्लान नेपालको समन्वयमा विपद व्यवस्थापन समितिलाई ५०–५० थान ठुला त्रिपाल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
गत बुुधवारदेखि भैरहेको अविरल बर्षाका कारण आएको बाढीबाट बाँके र बर्दियाका हजारौं बासिन्दा प्रभावित भै सयौं विस्थापित भएकोले उनिहरुलाई सहज होस भन्ने उदेशयले त्रिपाल उपलब्ध गराईएको क्लबले जनाएको छ ।
उक्त त्रिपाल बर्दियाका प्रमुख जिल्ला अधिकारी बंधु प्रसाद बास्तोलाई क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई क्लबका वित्तिय तथा प्रशासन प्रमुख वेद प्रसाद पंगाली र कार्यक्रम संयोजक महेश नेपालीले हस्तान्तरण गर्नुभयो । प्रमुख जिल्ला अधिकारीनै जिल्ला विपद व्यवस्थापन समितिको संयोजक रहनु भएको छ ।
बर्दियामा आयोजित हस्तान्तरण कार्यक्रममा प्लान नेपालका कार्यक्रम विशेषज्ञ जनक गिरी, क्लबका वित्तिय प्रमुख पंगाली, कार्यक्रम संयोजकहरु गोविन्द लामिछाने र अनुप बर्मा र फिल्ड सुपरभाइजर शंकरसिंह थारु लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »