सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठमेलमा तीन युवाको लगानीमा ‘मण्डला स्कोयर’ सञ्चालनमा (तस्बिरसहित)

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीन युवाको लगानीमा ‘मण्डला स्कोयर’ सञ्चालनमा आएको छ ।

लामो समयदेखि ठमेलमा विभिन्न व्यवसायमा सङ्लग्न युवा व्यवसायी प्रश्रय राजभण्डारी, रिया रिजाल र प्रशन्न राजभण्डारीको संयुक्त लगानीमा आजदेखि ‘मण्डला स्कोयर’ सञ्चालनमा आएको हो ।

ठमेलभित्रको मण्डला स्ट्रिटमा सञ्चालनमा आएको उक्त स्कोयरको आज व्यवसायी देवराज राजभण्डारी र रेयाना रिजाल चित्रकारले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उक्त स्कोयरमा नेपालमा उत्पादित लुगा, पश्चिमा, नेपाली कागजको सामाग्री, मूर्तीकला, छालाबाट निर्मित सामाग्री, बच्चाको लागि खेलौना, नेपालमा उत्पादित कफिलगायतका सामाग्री पाइन्छ ।

नेपालमा उत्पादित सामाग्रीलाई स्वदेशशका विभिन्न क्षेत्रका साथसाथै विश्वमाझ पु¥याउने उदेश्यले रु दुई करोडको लगानीमा उक्त स्कोयर सञ्चालनमा आएको हो । उक्त स्कोयर विहान ८ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालनमा आउनेछ ।

स्कोयरमा रेड क्यास्मिरको पस्मिना, अविरको जिन्सले बनेको सामान, न्यूको कपडा, ट्रेजर आर्टको गरगहना, कोक्रोमाको बच्चाको लुगा, डोचाको जुत्ता, कटन मिलको कटनका सामाग्री, विजिएसको रिसाइकल सामा र ह्याण्डिक्राफ्टका सामाग्री पाईन्छ ।

यस्तै, इसिडिसीको बच्चाको लुगा र कटनको सामान, टिसाको छालाले बनेको सामाग्री, सिद्धदेवी टि को चिया र परियानसेको माटोले बनेको सामाग्री र बच्चाको खेलौनालगायतका सामाग्री पाईने सञ्चालक प्रश्रन्न राजभण्डारीले जानकारी दिनुभयो ।

उक्त स्कोयरभित्र कालापथ्थर ब्राण्डको कफीको स्वाद लिन पाइनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »