सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङ अस्पतालका ९ कर्मचारी तालीममा , डेंगुका बिरामी बेडमा छट्पटाउदै

बाबुराम श्रेष्ठ साउन १९ गते, धादिङ : पछिल्लो समय धादिङमा डेंगुको बिरामीको चाप निकै बढेको छ ।

धादिङ अस्पतालमा बिरामीको चाप बढेसङ्गै अस्पतालमा बेडको समेत अभाव छ । अस्पतालमा बिरामीको लागि डाक्टर नर्स खडा हुनु पर्ने हुन्छ । तर धादिङ अस्पतालमा भने यो महामारीको बेला अस्पतालका करिब ९ जना भन्दा बढी डाक्टर र कर्मचारी सहितको जम्बो टोलि डेंगु सम्बन्धि तालीममा गएका छन् ।

धादिङ बेसिस्थित बिपत भबनमा आज भएको तालीममा धादिङ अस्पतालबाट ९ जनाको टिम सहभागी हुँदा अस्पतालको सेवा कस्तो भयो भनी प्रश्न चिन्ह समेत उठेको छ । अस्पतालमा बिरामीको चाप हुँदा ९ जना नै तालीममा सहभागी हुनै पर्ने जरुरी के थियो होला ।भनी प्रश्न चिन्ह उठेको हो । यसो त डेंगु रोगको महामारी ७१ वटै जिल्लामा फैलिएको छ ।

डेंगु रोगको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो । डा. मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७१ जिल्लाका सात हजार २५३ जनामा डेंगु पुष्टि भएको छ । कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ ।

सो प्रदेशमा पाँच हजार १०१ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, बागमती प्रदेशमा एक हजार १७१, गण्डकी प्रदेशमा ३८९, सुदूरपश्चिम प्रदेशमा ३४२, लुम्बिनी प्रदेशमा १९१, कर्णाली प्रदेशमा २७ र मधेश प्रदेशमा ३२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट रहेका छन् । १० जिल्लामा मात्रै छ हजार ३९८ जनामा डेंगु पुष्टि भएको छ । सुनसरी जिल्लामा सबै भन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा चार हजार ६७९, धादिङमा ८२९, कास्कीमा २१४, दार्चुला १९१, काठमाडौंमा ११९,झापामा ८१, सङ्खुवासभामा ७५, धनकुटामा ७४, मोरङमा ७२, कञ्चनपुरमा ६४ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । डेंगुको लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउने रहेको छ ।

लामखुट्टेको टोकाइबाट बच्चने उपाय जस्तै झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलम लगाउने जस्ता उपाय अपनाउन डा. मरासिनीको सुझाव छ ।

भर्खरै

सम्बन्धित खबर

Language »