सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जन आकाश मिडियाले गर्यो पहिलो सुुसेली तिज गीत सार्वजनिक

काठमाडौ । यतिवेला तिज गीतको लहर चलेको छ । नयाँ नयाँ तिज गीत सार्वजनिक भइरहेकाछन् ।

पछिल्लो पटक यहि मितिः २०८० साल भाद्र जनै पुर्णिमाको दिन पारेर जन आकाश मिडिया प्रा.लि. निर्माण गरेको पहिलो तिज गीत सार्वजनिक भएको छ ।

जन आकाश मिडिया कार्यलय बागबजारमा चर्चित तथा हास्य व्यग्य वरिष्ठ कलाकार सुुवास गजुरेल, वरिष्ठ कलाकार उत्तम केसी,ख्यातिप्रप्त गायक गायिका, मोडलहरु, कलाकारहरु, पत्रकारहरुको बाक्लो उपस्थितिमा जन आकाश मिडियाले निर्माण गरेको गीतलाई जन आकाशकै अफिसियल च्यानल वबलब ब्पकज तख मार्फत सार्वजनिक गरेको हो ।

जन आकाश मिडियाले २०८० साल असार २० गतेदेखि साउन ५ गतेसम्म सुसेली तिज गीत प्रतिस्पर्धा आहन गरेको थियो जसमा ३८ वटा गीतहरुले भाग लिएका थिए । ति मध्य उत्कृष्ट छनौट गरेर जन आकाश मिडियाले निर्माण गरेको थियो ।

उत्कृष्ट हुन सफल कोहलपुुर निवासी चन्द्रावती अधिकारीको रचनालाई सुुसेली तीज गीत जन आकाश साप्ताहिकको १६ औं बर्षिकोत्सव पारेर सर्वजानिक गरिएको थियो ।

उक्त गीत छनौट समिति निर्माण गरिएको थियो । निर्णायक मण्डलहरुमा वरिष्ठ साहित्यकार,डा. बम बहादुर थापा जिताली, वरिष्ठ साहित्यकार डा. सैलेन्द्र प्रकार नेपाल,वरिष्ठ साहित्यकार तिलक लुुइटेल रहेका थिए ।

साहित्यकारहरुलाई यसरी प्रतिस्पर्धा गराएर उत्कृष्ट छनौट गरी साहित्कारको निशुल्क गीत निर्माण गरेर साहित्यकारहरुलाई प्रोत्साहन गर्ने पहिलो मिडिया पनि जन आकाश मिडिया बनेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »