सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली पनको झल्को मेटाउने अमेरिकाको प्रवासी नेपाली मन्चको तीज

संसारको जुनसुकै राष्ट्रमा रहेपनि नेपालीहरुले आफ्नो मौलिक चाडपर्वलाई भुल्न सकेका हुँदैनन् भन्ने उदहारण प्रसस्तै भेटिन्छन् ।
यतिबेला नेपालमा जन्मथलो भएर पेशा ब्यवसाय वा जागिरको शिलसिलामा संसारका बिभिन्न देशमा रहेका नेपालीहरुले तीज कार्यक्रमलाई आ—आफ्नो अनुकुलतामा मनाउदै आईरहेका छन् ।
अमेरिकालाई आफ्नो कर्मथलो बनाउँदै आइरहेका नेपालीहरुको संगठन प्रवासी नेपाली मन्च, अमेरिकाको आयोजनामा भएको तीज बिशेष कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।
न्युयोर्कको ज्याक्सन हाईट, डाईभर्सिटी प्रालाजामा आयोजित तिज कार्यक्रममा उपस्थित भएर नाचगान तथा रमाईलो गर्दै तीज कार्यक्रम मनाईएको थियो ।
कार्यक्रममा प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला विभाग प्रमुख कुन्ती थापा, राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय सदस्य शोभा पाठक, राष्ट्रिय कमिटी अमेरिकाको अध्यक्ष कृष्ण लामिछाने लगाएत राष्ट्रिय कमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रममा न्युयोर्क निवासी १५० जना जति महिलाहरु भेला भई हर्सोउल्लासका साथ नाच गान गरी परम्परागत पर्व मनाएका थिए ।
आफ्नो पारिवारिक भेटघाट तथा कामको शिलसिलामा अमेरिका पुग्नुभएकी राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय सदस्य शोभा पाठकले अमेरिकामा समेत यसरी नेपाली चाडवाडलाई महत्वका साथ मनाईनु नेपाल प्रतिको माया संसारभर जहाँ गएपनि रतिभर कम नहुने उदहारण भएको बताउनु भयो ।
अमेरिकामा रहेका संघ संस्था र बिभिन्न ब्यक्तित्वहरुबाट आफुले पाएको माया नेपाल प्रतिको सम्मान रहेको उहाँले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »