सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओवादी नेता जनक बर्तौलामाथि सांघातिक हमला

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उर्जाशिल नेताकोरुपमा स्थापित भएका जनक बर्तौला माथि आज साँझ आफ्नै निवास आसपास सांघातिक हमला भएको छ ।
साँझ ५ बजे १४ मिनेट देखि २६ मिनेट बिचको समयमा उनिमाथि आक्रमण भएको उनका एक आफन्तले जानकारी गराएका छन् ।
मोबाईल फोनमा कुरा गरिरहेको बेला पछाडीबाट एक अज्ञात ब्यक्तिले बर्तौलालाई टाउकोमा रड प्रहार गरेर भागेको आफन्तहरुले बताएका छन् ।
घटना भए लगतै बर्तौलालाई उपचारको लागि नजिकै रहेको सिभिल अस्पताल पुर्याईएको थियो ।
सिभिल अस्पतालमा सामान्य उपचार पश्चात उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको छ ।
अवस्था खतरा मुक्त भएपनि टाउकोमा चोट लागेको कारण टाउकोको चेकजाँच गर्न नर्भिक अस्पतालमा पठाईएको सिभिल अस्पताल श्रोतले बताएको छ ।
सांघातिक हमलामा परि घाईते भएका बर्तौलालाई भेट्न प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य लगायत थुप्रै नेता कार्यकर्ताहरु सिभिल अस्पताल पुगेका थिए ।
बर्तौलालाई भेट्न नेकपा(माओवादी केन्द्र) सम्पर्क समन्वय बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ सिभिल अस्पताल पुगि घाईतेको अवस्थाबारे जानकारी लिएका थिए ।
भेटघाट पछि संचारकर्मीहरु संग कुराकानी गर्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले यो घटना घटाउन जो जो परिचालन भएको भए पनि त्यसलाई तुरुन्तै पक्राउ गरि कडा कडा कार्बाहि गर्न गृह प्रशासन समक्ष जोडदार माग गरेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »