सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नाबालिकालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी दुबईबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसवुकमा साथी बनी, कुराकानी गर्ने क्रममा, ग्रुमिङ (अनलाइन उत्पीडनको लागि बालबालिकालाई विभिन्न तवरले तयार पार्ने) गरी, अश्लील कृयाकलापद्वारा बारम्बार दुःख, हैरानी तथा मानसिक यातना दिएको विषयमा नाबालिकाका अभिभावकले जानकारी पाई आवश्यक कानुनी कारबाहीको लागि ब्यूरोमा निवेदन दिए पछि नाबालिकालाई दुर्व्यवहारगर्ने फरार प्रतिवादी दुबईबाट पक्राउ गरिएको हो ।
प्राप्त निवेदन माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट खुल्न आएका जिल्ला प्यूठान सरुमारानी गाउँपालिका वडा नं। १ स्थायी वतन भएको, वर्ष ३३ को सगीर अहमदलाई, विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा, मिति २०७९/१०/२५ गते मुद्दा दर्ता भई खोजतलास गर्दा निज प्रतिवादी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको जानकारी प्राप्त पश्चात्, नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी भई, मिति २०८०/०९/०४ गते दुबईबाट नियन्त्रणमा लिई, आवश्यक कारबाही भइरहेको प्रहरीले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »