सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी साबित्रा लिम्बु सम्मानित

काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.ले आयोजना गरेको दशैं तिहार फेस्टिवल म्युजिक अवार्ड —२०८०को फाईनल कार्यक्रममा समाजसेवी सावित्रा लिम्बुलाई सम्मानित गरिएको छ ।
लामो समयदेखि सडक बालबालिका,असाहय,अपांगहरुलाई बिभिन्न माध्यमबाट सहयोग गर्दै आएकी साबित्रा लिम्बुलाई सामाजिक कार्य माफर्त देशलाई सेवा गरेको भन्दै आयोजक संस्था एक्टिभ म्युजिक प्रा.लि.ले कार्यक्रममा समाजसेवी सम्मान अन्तर्गत लिम्बुलाई सम्मान गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।
एक्टिभ म्युजिक प्रा.लि.का प्रमुख,बिजेन्द्र नौबागेको शभापतित्वमा भएको कार्यक्रम लोक दोहोरी गायक माधव भण्डारीले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा पुर्व भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल ,बिशिष्ठ अतिथिमा बिशिष्ठ कलाकार तथा निर्देशक शुभाष प्रसाद गजुरेल, ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ बिशेष अतिथिमा बरिष्ठ गायक तथा संगीतकार बि बि अनुरागी राष्ट्रिय लोक दोहोरी गायक पि एन सापकोटा,बरिष्ठ कलाकार यादव बैरागी चलचित्र निर्देशक अमर वलि, गीतकार सामना शाह,चलचित्र निर्माता ,गितकार ,गायक तथा संगीतकार नवराज जंग थापा,समाजसेवी तथा प्रेस सेन्टर टोखाका अध्यक्ष कृष्णहरी के.सि.,समाजसेवी तथा मानवअधिकारवादी ,सर्जक मनु बाँठा मगर रहनु भएको थियो ।
दशैं तिहार फेस्टिवल म्युजिक अवार्ड — २०८० अन्तर्गत बिबिध बिधामा अवार्डहरु प्रदान गरिएको थियो जसमा वेष्ट सिंगर ( मेल )मा तिलक बस्नेत ( दशैं आयो ), वेष्ट सिंगर (फिमेल)मा पबित्रा रसाईलि (देउसी भैलो), वेष्ट लिरिक्स् बैकुण्ठ रायमाझी (गुल्मेली सोरठी), वेष्ट डिरेक्टर प्रेम शर्मा पौड्ल(दशैं तिहार), वेष्ट मोडल बिराज बास्कोटा(तिहारै हाम्रो), वेष्ट सिनेमाटोग्राफर ज्ञान कुमार कट्टेल(दशैं तिहार),वेष्ट न्यु सिंगर निल सुगम छन्त्याल( रामायण सोरठी),जुरी अवार्ड देवेन्द्र सारु मगर (सन्ध्या) सिमल बरुला,पब्लिक च्वाईस गायक अवार्ड जिवन परियार( आयो दशैं) रहेका थिए ।

कार्यक्रममा जर्ज सम्मान अन्तर्गत वरिष्ठ एरेन्जर राजु खड्का, निर्देशक राहुल बराईली,संगितकार मदन नेपाली तथा गायक प्रविन राई लाई सम्मान गरिएको थियो ।
कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयो गर्ने सहयोगी संस्था हरित शान्ति समाज नेपाल काठमाडौं र सोदिप ट्राभल्स एण्ड टुर्स प्रा.लि. गोंगबु काठमाडौं लाई कार्यक्रमको अवसरमा सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी तथा संचारकर्मी सम्मान अन्तर्गत समाजसेवी तथा संचारकर्मी डि.बि. पराजुली,गायीका तथा संचारकर्मी अम्बिका कुमारी राई तथा समाजसेवी साबित्रा लिम्बु सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा बालकलकारहरुको नृत्य तथा गायक तिलक बस्नेतको प्रस्तुतिले कार्यक्रमलाई अझ रौनक बनाएको थियो ।
कार्यक्रममा बरिष्ठ कलाकार शुभाष प्रसाद गजुरेलको पनि प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले गीत संगीत परिर्वनको संवाहक भएकोले यसलाई ब्यवस्थित बनाउन सबैले प्रयास गर्नुपर्ने बताउनु भयो ।
राजनैतिक परिवर्तनको लागि समेत गीत संगीत बलियो माध्यम बनेको स्मरण गराउँदै पुर्व मन्त्री अर्यालले आम जनताको आवाजको समेत प्रतिनिधित्व गर्नु पर्ने बताउनु भयो ।
स्याङ्जाबाट काठमाडौं आएर टिक्न गाह्रोहुने अवस्थामा यस कम्पनिका सन्चालक बिजेन्द्र नौबागेले यति धेरै सर्जक श्रृष्टाहरु जम्मागरेर कार्यक्रमहरु गर्न ठुलो मेहनेत गर्नु परेको प्रमुख अतिथिको धारणा रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »