सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीले बाँकेबाट ठुलो परिणाममा अवैध सामान बरामद


नेपालगन्ज, अवैध गतिविधि र चोरी तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएको सशस्त्र प्रहरीले बाँकेबाट ठुलो परिणाममा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले गत साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा लुम्बिनीमै सबैभन्दा बढी ७ करोड ५३ लाख ९४ हजार ९३१ रुपियाँ बराबरको अवैध सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेश विक्रम शाहीका अनुसार हरेक महिनामा १ करोड भन्दा बढीको अवैध सामाग्री बरामद गर्न सफल भएको छ ।

सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई सीमा नाकाबाट हुने मानव बेचविखन रोकथाम, लागूऔषध कारोबारविरुद्ध र अपराधलाई समेत नियन्त्रण गर्दै आएर जिल्लामा शान्ति सुरक्षामा समेत उल्लेखनीय भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी शाहीले बताउनुभयो ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी मुख्यालय नम्बर ५ विन्ध्यावासीनी बाहिनीका अनुसार प्रदेशका ६ जिल्लाबाट सशस्त्र प्रहरीले गत ६ महिनाको अवधिमा १६ करोड ९ लाख ९२ हजार ९७ करोड रुपियाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामाग्री बरामद गरेको छ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी मुख्यालय नम्बर ५ विन्ध्यावासीनी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि खत्रीले बाँकेमा सबैभन्दा बढी ७ करोड ५३ लाख ९४ हजार ९३१ रुपियाँको सामान बरामद गरिएको बताउनुभयो ।

रुपन्देहीमा ३ करोड ३५ लाख ३२ हजार ८३५, नवलपरासीमा २ करोड ८ लाख ३२ हजार ३५१, कपिलवस्तुमा ९४ लाख ३१ हजार २७०, बर्दियामा ५६ लाख ९१ हजार २३७ र दांगमा ४६ लाख ९ हजार ४७३ रुपियाँको सामान बरामद भएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकाबाट सौन्दर्यकरण कार्यको थालनी गर्दै सशस्त्र प्रहरी विन्ध्यावासीनी बाहिनीले जमुनाह सीमा नाकामा स्वच्छ र शुद्ध खानेपानीको समेत व्यवस्था गरेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »