सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जाजरकोटको भुकम्प पिडितलाई सहयोग गर्न काठमाडौंको गहनापोखरीमा गरिएको कन्सर्ट सम्पन्न

काठमाडौं । हाम्रो शुनिश्चित भविश्य नेपाल संस्थाको आयोजनामा जाजरकोटका भुकम्पपिडितलाई भुकम्परहित घर बनाउन काठमाडौंमा कन्सर्ट गरिएको छ ।
आज काठमाडौंको हाँडिगाउँ ,गहनापोखरी परिसरमा भुकम्पपिडितको स्थायी निवासबनाउने कामको सहयोगार्थ खुल्ला कन्सर्ट गरिएको थियो ।
ब्यवसायी तथा समाजसेवी शान्त शर्माको सभापतित्वमा भएको कन्सर्टमा बिभिन्न क्षेत्रका सामाजिक अभियन्ता,स्थानियहरुको आतिथ्यता रहेको थियो ।
कन्सर्टमा गायकहरु तिलक बस्नेत,रमेश पाठक,मानस राज,रमेश श्रेष्ठ (मेलोडी),गायीकाहरु रिता के.सी.,सुमित्रा कोईराला,शुसिला बराल तथा डान्सर रोमा न्यौपाने,दुर्गा तामाङ र अदिती श्रेष्ठले प्रस्तुति दिएका थिए ।
जाजरकोटमा भुकम्परहित घरबनाउन केहि समय अगाडीनै ब्यवसायी तथा समाजसेवी शान्त शर्मा तथा सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले स्वयंसेवी अभियान मार्फत राहत संकलन कार्यको शुरुवात गरिसकेका छन् । यसैलाई थप मद्यतकोलागि कन्सर्ट मार्फत राहत संकलन गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
कार्यक्रमलाई ग्रीनसिटी अस्पताल,बालुवाटार अर्गानिक्स्,विगेन नेपाल,गुल्मी जिल्ला समाज यु.के.ले सहयोग गरेको छ भने मिडिया पार्टनरको रुपमा सारा खबर डटकम रहेकोछ ।
कन्सर्ट मार्फत सामाजिक अभियन्ता,युवा,विद्यार्थी,ब्यवसायी तथा आम नागरिकलाईसांगीतिक मनोरन्जन प्रदान गर्दै भुकम्पपिडितहरुलाई सहयोग गर्न आयोजक पक्षले सबैमा हार्दिक अपिल समेत गरेको थियो ।
जारजरकोटका भुकम्प पिडितको लागि कन्सर्ट मार्फत रु २० देखि रु २५०००/ समेत सहयोग रकम जुटेको थियो ।
आज हाडीगाउँको गहना पोखरीमा भएको सांस्कृतिक कार्यक्रम मार्फत भुकम्प पिडितको घाउमा मल्हम लगाउने अभियानको संयोजन ब्यवसायी तथा समाजसेवी शान्त शर्माले गरेका थिए ।
आजको कार्यक्रम सन्चालन मोडल तथा उद्योषिका प्रनिमा दाहालले गरिकी थिईन ।
यो साँगीतिकयात्राको निरन्तरता दिदैं भोलि माघ १४ गते ३ बजे काठमाडौंको थलीमा अर्को कन्सर्ट गरिने आयोजक पक्षले जानकारी गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »