सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्वभाविक मुल्यवृद्धिमा सरकार मौन बसे ब्यवसायको चाबिनै जिम्मा लगाउछौं — अशोक बर्मा

काठमाडौं । ग्रिलजन्य फलामको अस्वभाविक मुल्यवृद्धिमा सरकार मौन बसे ब्यवसायको चाबिनै जिम्मा लगाउने तयारी भईरहेको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक बर्माले बताउनु भयो ।
करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजगारी गुम्ने अवस्था आएकोले अस्वभाविक मूल्य बृद्धिको अनुगमन गरी उचित कारबाही चलाउने बिषयमा सरकारको ध्यानाकर्षण नभए संम्पुर्ण उद्योगी ब्यवसायीहरुले सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत ब्यवसायको साँचो सरकारलाई बुझाएर ब्यवसाय बन्द गर्नुको बिकल्प नभएको अध्यक्ष बर्माको भनाई छ ।
ग्रिल तथा स्टिल व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै तुरुन्त मुल्यवृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयर हरुको बिरुद्ध संघर्ष गर्ने बताएका छन् ।
ग्रिल जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रुपमा बढेको कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले चिन्ता व्यक्त गरेको हो ।
कोभिड १९तथा कथित आर्थिक मन्दिको प्रभावको कारण बन्द भई मारमा परेका उद्योगहरु विस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियंन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोक बर्माले बताउनु भयो ।
अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा बृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा मूल्य बढेको उनको भनाइ छ । केही सिमित उद्योगी र सरकारमा रहेका मानिसहरुको आपसी मिलेमतोमा ग्रिलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष बर्माले बताउनु भयो ।
ग्रिलजन्य फलामाको मूल्य अस्वभाविक रुपमा बढ्दा आम उपभोक्ता समेत मारमा परेको तथा देशभरि सञ्चालित ११ हजार भन्दा बढी ग्रिल उद्योग बन्द हुने जोखिममा रहेको अध्यक्ष बर्माले बताउनु भयो ।
अध्यक्ष बर्माले नेपालमा ग्रिल व्यवसायले मात्रै वाषिर्क ५० अर्ब भन्दा बढीको ग्रील जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् भन्दै अस्थायी सरकार र राजनैतिक संक्रमणकालको फाईदा उठाउँदै ठुला कम्पनीहरुले गरेको मनोमानी बिरुद्ध ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल तथा लुम्बिनी प्रदेश समिति कठोर भएर उत्रने चेतावनी समेत दिनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »