सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारत र अन्य देशबाट नेपाल फार्किएका व्यक्तिहरुको संख्या बृद्धिसंगै क्वारेन्टइनका लागि थप आवशीय सामाग्री सहयोग

प्रहलाद विश्वकर्मा
नेपालगंज ,
भारत र अन्य देशबाट नेपाल फार्किएका व्यक्तिहरुको संख्या दिन प्रतिदिन बृद्धि हुँदै गएकोले गाउँपालिका स्तरमा स्थापाना भएको क्वारेन्टइनमा (एकान्तवास) का लागि आवश्यक पर्ने आवशीय सामाग्री नेपाल रेडक्रस सोसाइटीबाट थप उपलब्ध गराईएको छ ।

नरैनापुर गाउँपालिका वडा नं ६ गंगापुरको जयकिसान मा वि जमुनीमा स्थापना भएको क्वारेन्टइनका लागि कम्बल २५ थान, म्याट पीफाम २५ थान, झुल २५ थान, वाल्टी र मग ५÷५ थान र सावुन नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखा मार्फत नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीयक अहमद शाहलाई हस्तान्त्ररण गरिएको छ ।

यो भन्दा पहिला नरैनापुर गाउँपालिका वडा नं ४ अन्तर्गत ने रा प्रा वि खोदावामा १० बेडको क्वारेन्टइन स्थापना हुदाँ आवश्यक सामाग्री सहयोग गरिएको थियो ।


यसैगरी राप्तीसोनारी गाउँपालिका वडा नं ५, ८ र ९ मा ४० वेडको क्वारेन्टइन स्थापना हुने क्रममा रहेको कुरा नेरेसो कचनापुर उपशाखाका सचिव अमर बहादुर खड्काले जानकारी दिनु भएको छ ।

उक्त क्वारेन्टइनका लागि रेडक्रसबाट कम्बल ४०, पीफाम ४०, झुल ४०, साबुन ८, वाल्टी र जग ८÷८ थान नेरेसो कचनापुर उपशाखा मार्फत गाउँपालिकालाई पठाईएको छ । यो भन्दा पहिला राप्तीसोनारी वडा नं ७ मा १० वेडको क्वारेन्टइन स्थापना भईसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »