जनसरोकारका सवालहरुमा पालिका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले सुनुवाई गरेका थिए ।
खजुरा , खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा पाँच बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा उत्पिडित विकास सामुदायिक केन्द्र (ओसिडिसि)को सहजीकरणमा आज सम्पन्न भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धताहरुको घोषणा गरिएको हो ।

पाँच बुँदे प्रतिबद्धताहरुमा गाउँपालिकाले आगामी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रभावकारिताको लागि लक्षित समुदायको शसक्तिकरण, पशु तथा कृषि सेवा केन्द्रको विस्तार, भौतिक पुर्वाधार विकासको गुणस्तर र अन्तर सरकार समन्वय, किसानलाई मल विउ उपलब्ध गराउने र जनप्रतिनिधि तथा कर्मचारीहरुका छोरा छोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निती रहेका छन ।

सार्वजनिक सुनुवाई कार्यक्रममा खुल्ला दिशामुक्त पालिका भएको भएपनि मधेसि बस्तिमा खुल्ला शौच गर्ने कार्य यथावत रहेको जिर्ण विद्युतको पोल र तार ब्यबस्थापन नभएका जस्ता जनसरोकारका सवालहरु समेत उठाईएको थियो । उठेका सवालहरुमा गाउँपालिका अध्यक्ष डम्मर वि.क., उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले सुनुवाई गरेका थिए ।
खजुरा गाउँपालिका वडा नं. ५ को प्रांगणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मनबीर क्षेत्रि, वडा नं. २ का वडा अध्यक्ष एवं प्रबक्ता धनराम वलि, वडा नं. ५ का वडा अध्यक्ष गरिवे शेष, बिषयगत शाखा प्रमुखहरु एवं स्थानिय जनताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।







