सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी मुस्ताक अलि राईद्वारा १०० विपन्न परिवारलाई न्यानो शिरक वितरण

नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ निवासी समाजसेवी मुस्ताक अलि राई ले १०० विपन्न तथा असहाय परिवारलाई न्यानो शिरक वितरण गर्नुभएको छ ।


वडा नं. ५ स्थित जडीबुटी कार्यालय नजिकै आयोजित उक्त कार्यक्रममा वडा नं १४ का वाडा अध्यक्ष मझहर अलि साइको उपस्थिति रहेको थियो। जाडो मौसमका कारण बढी प्रभावित बालबालिका, वृद्ध तथा विपन्न परिवारलाई लक्षित गरी शिरक वितरण गरिएको समाजसेवी राईले बताउनुभयो ।


कार्यक्रमका क्रममा राइले जाडोयाममा कसैले पनि न्यानोको अभावमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । वडा अध्यक्ष साइले व्यक्तिगत पहलमा गरिएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै समाजका अन्य सक्षम व्यक्तिहरूलाई पनि यस्ता कार्यमा अघि बढ्न आग्रह गर्नुभयो ।
जाडो मौसम चिसो बढ्दै जाँदा गरिएको शिरक वितरणले स्थानीय विपन्न परिवारलाई राहत पुगेको स्थानीयवासीहरले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »