सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इन्द्रमान र डेविडलाई लायन्स शुभतारा सम्मान-२०८२ प्रदान

काठमाडौं ।लायन्स क्लव अफ काठमाडौं शुभताराले याे बर्षकाे लायन्स शुभतारा कला-सम्पदा सम्मान कला-सम्पदाविज्ञ इन्द्रमान महर्जन र लायन्स शुभतारा सामाजिक सेवा सम्मान सामाजिक अगुवा डेविड श्रेष्ठलाई प्रदान गरिएको छ।

लायन्स क्लव अफ काठमाडौं शुभताराकाे आयोजनामा काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नंबर ५ न्ह्यांकन्डाेलमा आयाेजित समारोह वीच उक्त सम्मान प्रदान गरिएकाे हाे।

लायन्स क्लव अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालयकाे सभापतित्वमा भएको उक्त कार्यक्रम बरिष्ठ शिक्षासेवी राजेश्वरमान श्रेष्ठकाे प्रमुख आतिथ्यता तथा नेपाली नाेबल साहित्यकार बिक्रम भक्त जाेशीकाे विशेष आतिथ्यतामा भएको थियोे।

साथमा शुभताराका फस्ट भीपी लायन्स सुशीला श्रेष्ठ, लायन्स लाेकनाथ पाैड्याल, लायन्स आदित्यमान जाेशी, लायन्स अमृत तामाङ,संचारकर्मी श्याम स्मृत ,राजु भट्ट लगायतको आतिथ्यता रहेको थियो।।

भर्खरै

सम्बन्धित खबर

Language »