सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ॐ समाज डेण्टल अस्पतालद्वारा आयोजित ‘सडकदेखि सदनसम्म’ कार्यक्रमअन्तर्गत काठमाडौंको माछापोखरीमा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । ॐ समाज डेण्टल अस्पतालद्वारा ‘सडकदेखि सदनसम्म’ कार्यक्रमअन्तर्गत काठमाडौंको माछापोखरीमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रममा ॐ समाज डेण्टल अस्पताल तथा रोल्पाली चेली फाउण्डेसनद्वारा कलाकार, पत्रकार, चिकित्सक तथा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
रोल्पाली चेली फाउण्डेसनको सहकार्यमा भएको शिविर बिहान ७ बजे बाट १२ बजे सम्म चलेको थियो । सो अवसरमा सयौं सेवाग्राहीले शिविरबाट सेवा लिनु भएको थियो ।
कार्यक्रममा ॐ समाज डेण्टल अस्पतालका मुख्य सन्चालक डा. सुवास घिमिरे तथा रोल्पाली चेली फाउण्डेसनकी अध्यक्ष यमुना के.सी.उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै डा. घिमिरेले स्वास्थ्य भन्दा ठुलो केहि नभएको बताउँदै सके सम्म कसैलेपनि अस्पताल जानु पर्ने अवस्था नआवस् भन्ने कामना समेत गर्नु भयो ।
कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष यमुना के.सी.ले आफु यो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावमा सुनसरी निर्वाचन क्षेत्र नं.४बाट स्वतन्त्र उम्मेदवार बनेको जानकारी गराउँदै सबैको साथ, सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »