बाँके माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार सुमन मल्ल बिहीबार बैजनाथ गाउँपालिका वडा नम्बर १ र ३ का विभिन्न टोलमा मतदाता भेटघाटकोक्रममा पुग्नुभएको छ ।

घरदैलो अभियानका क्रममा मल्लले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी प्रतिबद्धता राख्नुभयो । भेटघाटका क्रममा जेष्ठ नागरिकहरूले आशिर्वाद दिँदै एमाले उम्मेदवार मल्लप्रति भरोसा व्यक्त गरेका छन् भने नवयुवाहरूको साथ र समर्थन दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य आरती पौडेल, निर्वाचन परिचालन कमिटीका संयोजक रत्न खत्री लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
सहभागी नेताहरूले घरदैलो अभियानले जनतासँगको सम्बन्ध थप मजबुत बनाएको भन्दै एमाले उम्मेदवारप्रति मतदाताको भरोसा बढदै गएको बताउनुभयो ।







