सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मतदाता भेटघाटमै उत्साहको भीड, मनिकापुरमा कमरुद्धिन राईलाई माया तथा आशिर्वाद

नेपालगन्ज , नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरका मतदाताले जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार कमरुद्धिन राईलाई न्यानो माया तथा आशिर्वाद प्रदान गरेका छन्।

जसपा नेपालले बिहीबार आयोजना गरेको मतदाता भेटघाट कार्यक्रममा चिसो सिरेटोको समेत प्रवाह नगरी स्थानीय मतदाताहरू उत्साहपूर्वक सहभागी भएका थिए। कार्यक्रममा उपस्थित मतदाताले यसपटक नेपालगन्जका निवर्तमान उपमेयरसमेत रहेका राईलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे।

भेटघाटका क्रममा मनिकापुरकी ९० वर्षीया वृद्ध आमाले कमरुद्धिन राईलाई आशिर्वाद दिँदै यसपटक मतदान गर्ने बताइन्। उनले जनताको सेवामा कमरुद्धिन दिनरात खटिने गरेको उल्लेख गर्दै यसपटक नयाँ अनुहारलाई जिताउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “पुराना अनुहारको काम धेरैपटक देखिसक्यौँ।

यसपटक मधेसको मुद्दा बोकेका नयाँ उम्मेदवारलाई मतदान गर्नेछौँ।”उम्मेदवारी दर्तासँगै कमरुद्धिन राईले मतदाता तथा शुभेच्छुकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियालाई तीव्र बनाउँदै आएका छन्। उनी पुगेका स्थानहरूमा स्थानीयवासीले न्यानो स्वागत र समर्थन जनाउँदै आएका छन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का इन्द्रजित चौधरीले भने, “कमरुद्धिनलाई जिताउन हामी हरसम्भव प्रयास गरिरहेका छौँ।”मतदाता भेटघाट कार्यक्रममा युवादेखि वृद्धवृद्धासम्मको स्वस्फूर्त सहभागिता देखिएको छ। मनिकापुरका एक मतदाताले भने, “कमरुद्धिन आउने खबर पाएपछि आज काममा गइनँ।

उहाँलाई भेटेर बधाई तथा शुभकामना दिने चाहना आज पूरा भयो।” कमरुद्धिन राईको पक्षमा दिनप्रतिदिन जनसमर्थन बढ्दै गएको जसपा नेपालका नेता राजनराना मगरले बताए। उनले भने, “चुनावको मिति नजिकिँदै जाँदा कमरुद्धिनको पक्षमा जनलहर झन् बलियो बन्दै गएको छ।”

भर्खरै

सम्बन्धित खबर

Language »