नेपालगञ्ज , नेकपा एमाले डुडुवा गाउँपालिका बाँकेको संयोजकको जिम्मेवारी पालिका सचिव महेश कुमार चौधरीलाई दिइएको छ । नेकपा एमाले बाँकेले एक जानकारी पत्र जारी गर्दै एमाले पालिका सचिव चौधरीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

पालिका अध्यक्ष विनय त्रिपाठीले कार्यव्यस्तताका कारण पार्टीको काम कारवाही गर्नका लागि समय दिन नसकेको हुँदा सचिव चौधरीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिए ।अध्यक्ष त्रिपाठीले समय दिन नसकेका कारण पार्टीको काम कारबाही गर्न असहज भएको हुँदा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने गरी सचिव चौधरीलाई संयोजक बनाइएको गुरुङ्गले बताए ।
संयोजक चौधरीलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी पार्टीको विकास र बिस्तारमा सहयोग पु¥याउनेमा विश्वस्त रहेकोसमेत बाँके एमाले पार्टीले जनाएको छ ।








