नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् ।

पार्टीका अगुवा कार्यक्रर्ताका साथमा पुगेका उनले संगठन सुदृढीकरणमा जोड दिदै आफ्नो पक्षमा महोल निर्माणमा जोड दिएका छन् ।
चुनावी अभियानका क्रममा पुर्वमन्त्री समेत रहेका उम्मेदवार राईले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ शान्तिनगर, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ तथा डुडुवा गाउँपालिका वडा नम्बर ४ मा पुगेर मतदातालाई भेटघाट गरेका हुन् ।

सो क्रममा उनले डुडुवा–४ मा निर्वाचन प्रचार प्रसार कार्यालय समेत उद्घाटन गरेका थिए । मतदाता भेटघाटका क्रममा उम्मेदवार राईले आफुलाई सहयोग गर्न अपिल गरेको एमाले नेता सकिल खानले जानकारी दिए ।








