— के.बि.खाती
कविता
पैसा पनि सकियो
बैंश पनि सकियो
न टेक्ने डालि भेटियो
न समाउने हाँगा भेटियो
मैले त उ जीन्दगीभरी
हाँसीखुसी भएको हेर्न चाहान्थेँ
तर म रुँदै दुःखी भएको हेर्ने
ठुलो रहर रहेछ ।
पैसा पनि सकियो
बैंश पनि सकियो
न टेक्ने डालि भेटियो
न समाउने हाँगा भेटियो
कतिधरै लक्ष्य पुरा गर्ने सपना बोकेर हिँडेको मान्छे म
कठै दुई दिनमै भतागुङ्ग बनाईदियौ है ?
महान नारीको उपाधि प्रतियोगितामा
तिमि बाहेक अरु कसैले जित्ला र ?
पैसा पनि सकियो
बैंश पनि सकियो
न टेक्ने डालि भेटियो
न समाउने हाँगा भेटियो








