चुनावको मुखमा आएपछि केही भनुम भनेर इच्छा जाग्यो। अहिले सबै कुरा बिखरिएको छ ।manipulation पनि धेरै भएको छ। सबै घण्टीको होडबाजीमा लागिरहेका छन् । तर त्यसले केही निकास दिन सक्छ होला त? मेरो हिसाबमा पहिले Gen Z का मागहरू पूरा हुनुपर्छ अनि त्यसपछि निर्वाचन गरे हुन्छ। यही धारणा लिएर राजा ज्ञानेन्द्र शाह पनि आउनुभएको थियो, तर सत्ता पाउने मोहले ‘’निर्वाचनले निकास दिएन भने कसले दिन्छ?” भन्दै भीडलाई भडकाउने बाहेक केही भएन। होलान् सबैका धारणा छुट्टाछुट्टै, तर सबैलाई एउटै ठाउँमा ल्याउने कुरा त भ्रष्टाचार मुक्त शासन र सुशासन नै हो । होइन र? सबै Gen Z का माग पूरा होऊन् अनि election होस् भन्ने धारणा राख्नुमा के नराम्रो छ र? मेरो एउटा धारणा के छ भने नेपालमा राजसंस्थालाई ठाउँ दिनै पर्छ।
अब सबैले मलाई राजावादी भन्छन् भने पनि केही छैन। नेपाल बनेको नै गोरखनाथ ज्यूको कृपाले हो, यसमा दुई मत कसको छ र? यस्तो कृपाले बनेको देशमा यस्तो अज्ञान फैलिएको देख्दा अचम्म लागेर आउँछ। पृथ्वीनारायण शाह ज्यूले गोरखनाथ ज्यूको शक्तिले यो देश एकीकरण गर्नुभयो र उहाँ देशपिता बन्न पुग्नुभयो। उहाँकै राजवंशका रूपमा अरू राजा आए। तर जब भीडले यी सबै कुरा बिर्सियो—कुनै पार्टीको influence र manipulation का कारण—राजसंस्था नै सकियो। अहिले सबै फेरि manipulated भएका छन्।
सबैलाई change चाहिएको छ, तर नयाँ candidate आयो भन्दैमा त्यो देशका लागि राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। यो देशमा फेरि राजसंस्था फर्किनु नै पर्छ अनि देशले निकास पाउन सक्छ। हामी कसैलाई पुराना नेता चाहिएका छैनन्, न त उनीहरूको पुरानो पार्टी।
नयाँलाई ठाउँ दिनै पर्छ, तर सबैलाई constitutional monarchy भित्र राख्नुपर्छ। राजसंस्थाले हाम्रो नेपालको संस्कृति बचाउँछ। अहिले आफ्नै धर्मको अस्तित्व नै सकिन लागिसकेको छ। हाम्रो पुरानो सनातनी अध्ययन हराउँदै गएको छ। यो सबै अज्ञान फैलाउनका लागि नै भइरहेको जस्तो लाग्छ।
हाम्रो अध्ययनले सबैलाई जोडेर राखेको थियो, तर अहिले त्यो शिक्षा हटाएर न त अहिलेको पुस्ताले आफ्नो स्वधर्म पालन गर्न सकेको छ, न आफूलाई चिनेको छ, न अरूलाई नै चिन्न सकेको छ। सनातन धर्म त जे भए पनि सकिनेवाला छैन, तर हाम्रा पुर्खाले दिनुभएको धर्मको संरक्षण त गर्नुपर्छ। यो अध्ययनभन्दा ठूलो धन के छ र?
यही अध्ययनले ब्रह्मलाई पनि अधीन गर्छ भक्ति मार्फत र आफू नै ब्रह्म हुँ भन्ने पनी बोध गराउँछ। अहिले त Gen Z लाई हिन्दू धर्म भनेको के हो भन्ने नै थाहा छैन। नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दा किन बनाउनुपर्यो, secular नै ठीक हुन्छ भन्छन्। तर सबैले के बिर्सिरहेका छन् भने Hinduism भनेको स्वयं secular धर्म हो।
यो कसले बुझाउने होला! Hinduism secular भए पनि केमा स्थिर छ भने “एक ब्रह्म द्वैत छैन” भन्ने सिद्धान्तमा, जसले secular भए पनि unity तर्फ लैजान्छ। एकबाट द्वैत र द्वैतबाट फेरि एक। यस्तो प्यारो संस्कृति र धर्मलाई संरक्षण गर्न नसक्ने भए के नै गर्न सकिन्छ त? यो आफूलाई पनि सोधौं। यो election मा धेरै manifesto देखियो, तर “हामी सबै नेपाली हौं” भन्ने पार्टी भने कोही देखिएन।
सबै पार्टीका भक्त भए, तर नेपालका भक्त हुन सकेनन्। अब नेपाल भक्ति गर्ने संगठनका रूपमा राजसंस्था आवश्यक भएको छ।








