सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ।

केन्द्रीय समिति बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको थियो।

सभापति गगन थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए।

पार्टीका अधिकांश उम्मेदवारको पराजयपछि सभापति थापाको राजीनामा माग पनि भइरहेको छ।

उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा सभापति थापाले पदबाट राजीनाामा दिने बताए पनि उनले नदिन सुझाव दिएका थिए।

कांग्रेसभित्र नियमित महाधिवेशन मिति तोक्न पनि माग भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »