सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार!

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमालको निर्देशमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरूद्ध  मुद्दा दर्ता  गरेको छ।

अछाम ढकारी गाउँपालिकाको अध्यक्ष प्रकाशबहादुर साउदसहित ४ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अध्यक्ष प्रकाशसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद र आर. जे २४ न्यूज भन्ने आर. जे ट्वान्टी फोर मिडिया प्रालिका नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लमसाल) विरूद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्सालसँग आपसी मिलेमत्तोमा पालिका अध्यक्षले अन्धपथ चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रूपैयाँ सरकारी बजेट दुरूपयोग गरेको अख्तियारको आरोप छ। 

इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजीसँग २०८१ भदौ १८ गते पालिका अध्यक्ष प्रकाशले सम्झौता समेत गरेको देखिन्छ। तर कार्यान्वयन भने भएको छैन। 

उनीहरूविरूद्ध प्रतिव्यक्ति १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो।  

भर्खरै

सम्बन्धित खबर

Language »