काठमाडौं । अमेरिकी–इजरायली आक्रमणपछि इरानको राजधानी तेहरानमा विद्युत आपूर्ति बन्द भएको छ ।
इरानको ऊर्जा मन्त्रालयका अनुसार आक्रमणका भग्नावशेषहरूले अल्बोर्ज प्रान्तको पावर ग्रिडमा क्षति पुर्याएको छ, त्यसकारण तेहरान र काराजका धेरै क्षेत्रहरूमा अन्धकार भएको छ ।
बिजुली गएपछि ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र ‘अल्लाह हु अकबर’को नारा लगाए । मानिसहरूले आफ्नो घर र छतबाट नारा लगाइरहेका देखिएका थिए । साथै, मन्त्रालयले चाँडै नै विद्युत आपूर्ति पुनर्स्थापित हुने र स्थिति नियन्त्रणमा रहेको बताएको छ ।








